समाचार
धनश्याम भुषालले एमाले परित्याग गरेको घोषणा गरे

काठमाडौं,
नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले छोडेका छन् । एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ को निर्वाचनमा उम्मेदवारको टिकट नदिएपछि भुसालले एमाले परित्याग गरेका हुन्।
नेकपा एमालेका नेता केपी शर्मा ओलीको अहंकार र दम्भका कारण पार्टी परित्याग गरेको नेता भुसालले जनाएका छन्। उनले समाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -“जिवनको ४० वर्षसम्म एमाले पार्टीका निम्ति गरेको त्याग र योगदानको कदर नभएको र पार्टी भित्र अपमानित गरेको भन्दै ओलीको विचारसँग सहमत हुन नसक्ने उनको भनाइ थियो।”
नेता भुसालको क्षेत्र रुपन्देही तिनमा राप्रपा नेपालसंग तालमेल गरी निर्वाचनमा जाने भन्दै ओलीले भुसाललाई रोकेका थिए। एमालेले राप्रपाका नेता दिपक बोहरालाई प्रतिनिधि सभाको निर्वाचनमा सघाउने बुझिएको छ।
प्रतिनिधिसभाको निर्वाचनमा अब नेता भुसालले रुपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने बताइएको छ।

