समाचार

चीनको केरुङ सडक अवरुद्धको कारण ६ अर्ब रुपैयाँ को सामान थन्कियो,यस्तै भए दशैंमा तयारी सामानको मूल्य बढ्ने

रसुवा । चीनको केरुङ जोड्ने रसुवागढी-काठमाण्डू सडक अवरुद्ध भएपछि चीनतर्फ थन्किएका झन्डै ६ अर्ब रुपैयाँ बराबरका सामान अब कहिले र कसरी काठमाण्डू ल्याउने भन्ने चिन्ताले व्यवसायीहरूलाई सताएको छ।

बाढी र पहिरोका कारण नुवाकोट र रसुवामा दुईवटा पुल बिग्रिएका कारण केरुङ जोड्ने रसुवागढी(काठमाण्डू सडक केहि सातादेखि अवरुद्ध हुन पुगेको हो।

केरुङमा थन्किएका सामान बेलैमा नेपाल भित्र्याउन नसकिए आगामी दशैंमा तयारी पोसाक, जुत्ता लगायतका मालसामानको मूल्य बढ्न सक्ने चिन्ता व्यापारीहरूले व्यक्त गरेका छन्।

समयमैँ सामान ढुवानी हुन नसक्दा कन्टेनरलाई तिर्नुपर्ने जरिवाना र ब्याङकलाई तिर्नुपर्ने ब्याज समेत सामानको भाउमा जोडिने हुँदा सामानको मूल्य बढ्ने उनीहरुको भनाइ छ।

घाटा

झन्डै एकमहिनादेखि बन्द भएको सो बाटो खोल्न सरकारले नेपाली सेनालाई निर्देशन दिए पनि सडक खुल्न अझै केही समय लाग्नसक्ने बताइएको छ।

ठाउँ-ठाउँमा गएको पहिरो, केरुङ नजिकैको भट्टेखोलाको पुलमा पुगेको क्षति र नुवाकोटको बेत्राबती सँगैको पुल बाढीले बगाएका कारण उत्तरी छिमेकी चीन जोड्ने प्रमुख व्यापारिक मार्ग बन्द छ।

सडक अवरुद्ध भएपछि दशैंलाई लक्षित गरी ल्याउन लागिएका झन्डै ६ अर्ब रुपैयाँ बराबरका सामान बोकेका १२ सय बढी मालबाहक कन्टेनरहरू केरुङमा नै अड्किएको व्यापारीहरूले बताएका छन्।

महिना दिन पुग्न लाग्दा समेत बाटो नखुलेपछि कन्टेनर विलम्ब जरिवाना तथा ब्याङ्कको ब्याज बढ्ने भएकोले अब दशैंमा ती सामानको मूल्य बढ्ने हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल बताउँछन्।

उनले भने,चाडबाडलाई भनेर ब्याङ्क तथा सहकारीबाट ऋण लिएर जाँदा यति लामो समय सामान रोकिएपछि घाटा हुने नै भयो। अब ब्याजदेखि लिएर विलम्ब शुल्क सहित सबै लगानी जोड्दा मार त उपभोक्तालाई पर्ने नै भयो।

‍व्यापारीहरूका अनुसार बाटोमा अलपत्र परेका कन्टेनरमात्र होइन, थप आउनुपर्ने सामानहरू समेत चीनका गोदाममा थन्किएका छन् । बाटो खोल्ने सरकारी प्रयास भने भौगोलिक विकटताका कारण बाटो तत्कालै खोल्ने काम चुनौतीपूर्ण भएको अधिकारीहरू बताउँछन् ।

सरकारले पुलको विकल्पमा नयाँ बाटो बनाउन खोजे पनि त्यसनिम्ति विस्फोटक पदार्थ पड्काउनुपर्ने हुँदा ढिलाइ हुन गएको सडक विभागका अधिकारीहरूले बताएका छन् ।

शून्य

विभागका महानिर्देशक रविन्द्रमान श्रेष्ठले भने,पुलको जग नै तलबाट खोतलिएर भासिन लागेको रहेछ। त्यसलाई हामीले सुरक्षित गर्‍यौँ। त्यसभन्दा माथि एक स्थानमा सडक नै भासिएको छ। त्यो स्थानमा अहिले विस्फोटक पदार्थ पड्काउनुपर्ने भएकोले बाटो खोल्न थप एक हप्ता लाग्न सक्छ।

चीन जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा रसुवागढी भन्सारको आम्दानी पनि ूशून्यमा झरेकोू बताइएको छ। भूकम्प गएपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि काठमान्डू-रसुवागढी नाका चिनियाँ सामान ओसारपसार गर्ने मुख्य नाका बन्दै आएको छ  । बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *