काभ्रे, असोज ४
आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले काभ्रेको बनेपामा रहेको कार्यालयमा सभा सम्पन्न गरेको हो।
संस्थापक अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङको अध्यक्षतामा सहकारी संघ काभ्रेका प्रबन्धक ज्ञानमणि न्यौपानेको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको तर्फबाट संस्थामा कार्यरत कर्मचारी मिरा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।
साथै ,संस्थाले उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरेको थियो।सम्मानित हुनेमा स्वर्णिम तामाङ, शान्ति सेवाचार्य , सरोज प्रजापति,रविन तामाङ सहित एघार जनालाई सेवाग्राही रहेका थिए ।
वार्षिक साधारणसभामा अध्यक्ष ज्ञानेन्द्र कुमार लामाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०७९को मसान्तसम्म २ करोड २१लाख कारोबार गरेको थियो। सेयर सदस्यबाट १करोड २० लाख रुपैयाँ उठेको थियो भने १करोड ४० लाख ऋिण लगानी भएको छ। यस्तै कार्यालय सचिवले बर्ष भरिको आर्थिक गतिविधिको प्रगति बिवरण पेस गर्नुभएको थियो।


