प्रधानमन्त्रीका नाममा खुलापत्र

अ+
अ
अ-

सम्माननिय प्रधानमन्त्री ज्यु ,

तपाइले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्दा देखाउनुभएको दृढ आत्म बिश्वाश र अदम्य शाहस देख्दा यो कोरोना भाइरस को संक्रमणकालिन अवस्था मा पनि तपाइले नै यो मुलुक लाइ संक्रमण बाट बचाउन सक्नुहुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु। मैले तपाइलाइ दृढ इच्छाशक्ति भएको राजनेताको रुप मा लिएको छु। नेपालि राजनीतिमा तपाइले लिनुभएको केहि निर्णय बाहेक धेरै निर्णय को म प्रसंशक हु।अहिले कोरोना भाइरस को संक्रमण विश्वमा झैँ नेपाल मा पनि तिब्र गति मा फैलिएको छ। मैले यो लेखिरहदा संक्रमित संख्या २४३ पुगेको छ बिश्वोको अन्य देशको उदाहरण हेर्ने हो भने यो संख्या गणितीय हिसाबले बढ्ने पक्का छ।

सम्माननिय प्रधानमन्त्री ज्यु, येतिबेला नेपालमा पनि संसारभरिझैँ कोरोना माहामारी बढ्दो क्रममा छ बिश्वोका शक्तिशाली रास्ट्र हरु अमेरिका, युके, इटाली, फ्रान्स,स्पेन जस्ता मुलुक लाइ धेरै कठिन छ। बिश्वोका बिज्ञान समेत फेल खाएको अवस्था छ। बिश्वो भर संक्रमित संख्या र मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। चिन को वुहान शहर बाट संक्रमण अहिले बिश्वोभर फैलिएको छ। नेपाल मा पनि आम नेपालि जनता कोरोना संक्रमण को संख्या बढ्दो क्रमले डराइरहेका छन्। शक्तिशाली रास्ट्र हरु त यो कोरोना संक्रमण संग जुध्न सकिरहेका छैनन् भने हाम्रो जस्तो मुलुक लाइ धेरै कठिन छ।

उपप्रधानमन्त्री इश्वोर पोखरेल को नेतृत्व र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बाट यो संक्रमनाकालिन परिस्थिति सामना यो मुलुकले गर्न पक्कै पनि सक्दैन। किन सक्दैन भन्ने कारणहरु याहाले आसेपासे को मात्र सल्लाह नसुनेर एक पटक भ्रमको चस्मा खोलेर आम नेपालि जनताले के भनिरहेका छन् भनेर सामाजिक संजाल हरु हेर्नुस र सत्य तथ्य समाचार र विश्लेषण हरु हेर्नुहोस तपाइँ आफै थाहा पाउनुहुनेछ।अत: यी ठाउमा सक्षम र काम गर्न सक्ने व्यक्ति ल्याउनुहोस।

सम्मानीय प्रधानामंत्री ज्यु , अब रह्यॊ यो कठिन परिस्थिति मा के गर्ने ? मेरो बिचारमा नेपाल र भारत को सीमामा रहेका नेपाली लाई प्रबेश गराई कडा स्वास्थ्य परिक्षण का साथ सरकारी निगरानी को क्वारेन्टिन मा राखौ। ताकि लुकी लुकी खेत का गरा र कान्ला बाट नेपाल छिरी अहिलेको परिस्थिति जस्तो संक्रमण नबडोस। अब लकडाउनले मात्र पुग्दैन, आवश्येक स्थानहरुमा कर्फ्यु लगाऔ । पास दिने सिस्टम पुरै बदलौ, सडकमा येति धेरै आवत जावत किन ? आवश्येक भनेको मानिसको मृत्यु मा समेत सेना र प्रहरी को नेतृत्वमा मृतकको २ / ४ जना आफन्त मात्रै जान दिएर आफ्नो धर्म संस्कृति अनुसार अन्त्यस्ती गरौ। बिरामी लाइ अनिवार्य रुपमा एम्बुलेन्सको प्रयोग गरौ, एम्बुलेन्स पनि नर्मल मान्छे बोकेको छ कि बिरामी बोकेको छ, चेक गरौ !

धेरै प्रेस का मान्छे सडकमा आवतजावत गरेका छन, येस्मा कडाइ गरौ। सुचना विभागले जारि गरेको संचारकर्मीको परिचयपत्रलाइ पनि गृहमन्त्रालयको अनुमतिले मात्रै आवतजावत को अनुमति दिउ। लकडाउन लाइ पुर्ण रुपले कडा बनाउ, संगै नेपाल सरकारले कोरोना परिक्षण लाइ तिब्रता दिउ, नियन्त्रण मा जिम्मेवारी बनौ। सरकारी समयंत्र ले चौबिसै घण्टा काम गरौ, यस्तो परिस्थिति मा नगरे कहिले गर्ने ? डाक्टर, नर्स ,सेना ,र प्रहरी को आत्मबल बलियो बनाऔ। गरिब र मजदुर बर्गलाई खाने र राहत को ब्यबस्था पूर्ण ब्यबस्थित रुपमा स्थानिय सरकारलाई गर्न दिउ। अन्त्यमा राज्यको सबै शक्ति कोरोन लाइ कसरि निर्मुल पार्ने मा केन्द्रित गरौ र मुलुक र मुलुकबासी लाइ छिट्टै कोरना भाइरस बाट मुक्त बनाऔ।

                                                                           बदन कुमार भण्डारी

२०७७/०१/३