समाचार

४० लाख खर्च गर्दा पनि सन्चो भएन आमाको रोग, छटपटाइरहेका छन् छोरीहरु !

सन्तानको लागि संसारमा सबैभन्दा प्रिय पात्र भनेको उनको आमा हो । जसरी सन्तान साना हुँदा आमाले आफ्नो दुख भुलेर सन्तानको अनुहारमा खोसी खोज्छिन् त्यस्तै आमाको बुढेसकालको सहारा बन्न पाउनु हरेक छोराछोरीको लागि भाग्य हो । आफुलाई जन्मदिने आमालाई अलिकति पनि पीडा भएपनि सन्तानका लागि सह्य हुँदैन । त्यसैले कोहलपुरकी रोशनी रावत अहिले आफ्नो आमाको स्वास्थ्यका लागि हरदिन लागिरहेकी छन् ।

उनी चाहन्छिन् आफ्नी ५४ वर्षीया आमा पेमा रावत पहिला झैं हाँसिखुसी आफ्नो दिनचर्या बिताउन् । आफ्ना नातीनातिनीसंग रमाउन् । तर पेमालाई उनको रोगले त्यसो गर्न दिइरहेको छैन । एक वर्ष अघि पाठेघरमा देखिएको क्यान्सर फैलिएर पेमालाई त दुख दिएको छ नी उनको खुसीमा खुसी खोज्ने पेमाका सन्तानको पनि खुसी हराएको छ ।

कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा प्रशासन शाखामा काम गर्ने रोशनीले अहिले सम्म आमाको उपचारमा ४० लाख भन्दा बढी खर्च गरिसकिन् । निजी अस्पतालमा सामान्य जागीर गरेर त्यती ठूलो रकम खर्च गर्नु उनका लागि सहज थिएन । तर आमा त आमा नै हो । रोशनीका पनिले पनि आमाको स्वास्थ्यका लागि आवश्यक पर्ने आर्थिक सहयोगका लागि अहिले सम्म सहयोग गरिरहेका छन् । तर अब आमाको उपचारका लागि हामी जसरी पनि पैसाको ब्यवस्था गरौंला, श्रीमानले भनेको भरोषाका कुरा सम्झदै रोशनी भन्छिन्, ४० लाख जति खर्च भइसक्यो, हामीजस्तो मध्यम वर्गीय परिवारका लागि क्यान्सर जस्तो रोगको लामो उपचारका लागि आर्थिक समस्या पर्ने रहेपछ ।

अहिले पेपाको नेपाल क्यान्सर अस्पतालमा किमो थेरापी लगायतको उपचार भइरहको छ । उनलाई डा सुदिप श्रेष्ठ, अञ्जु श्रेष्ठ लगायतको चिकित्सकको टिमले हेरिरहेको छ । भनिन्छ मानिसको राम्रो ब्यवहार र मायालु बातावरणले अस्वस्थ्य मानिसको आधा रोग निको हुन्छ । त्यसैले उनले अहिले आमालाई आफ्नो घरमै राखेर सातामा दुई पटक किमोका लागि अस्पताल लैजान्छिन् । आफ्ना साना दुई छोराछोरी छन् ।

यिनै नातिनातीनीसंग झुलेर आफ्नो रोग विर्षनुहोला भनेर अस्पतालवाट अहिले घरमा राखेकी छु । रावत परिवारमा रोशनी नै जेठो सन्तान हुन् । माइतीमा अन्य आर्थिक रुपले आमाको जिम्मेवारी लिन सक्ने कोही नभएकाले अहिले सम्म आर्थिक र पारिवारिक दायित्व रोशनीले नै गर्दै आएकी छन् । विवाहित छोरीले आफ्नो जन्मदिने आमाको लागि गर्न सक्ने उनले पुरै प्रयास आफ्ना तर्फवाट गरेकी छन् ।

तर अब उनलाई आर्थिक समस्याले अप्ठेरो अवस्थाको सिर्जना भएकाले निरास छन् । म आमालाई जिवित राख्न चाहन्छु, रोशनी भन्छिन् लामो समय सम्म उपचार गर्नुपर्ने भएकाले अब मेरो आर्थिक हैसियतले धान्न सक्दैन, त्यसैले म सहयोगका लागि सबैसंग आग्रह गर्न चाहन्छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *