समाचार

घरेलु मदिराः चप्पल, पिसाब र सेनेटरी प्याड

नारायणपुर, ३ जेठ । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताउनुभयो । “सात वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्धले समेत मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले घरेलु हिंसा बढ्यो”, वडाध्यक्ष सार्कीले भन्नुभयो, “दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिले आधा समय त्यसमा खर्चिनुपर्ने अवस्था आयो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *