समाचार

उपचारका क्रममा सुत्केरीको मृत्यु , डडेलधुरा अस्पतालमा झडप !

डडेलधुरा– डडेलधुरा अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएको छ । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि मृत्यु भएकोे हो।शल्य क्रिया गरेर १४ दिन अगाडि बच्चा जन्माएकी उनको रक्तश्राव नरोकिएपछि शुक्रबार उपचारका लागि पुनः डडेलधुरा अस्पताल पुगेकी थिइन्। उनलाई ८ पिन्ट रगत दिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ। ताम्राकारको अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिइएको र रिफर गर्न हेलिकोप्टरको समेत व्यवस्था गरेको अस्पतालले बताएको छ।

शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ।मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन्।चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सक लाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन। आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *