समाचार

पूर्वमै पहिलोपल्ट बिराट मेडिकल कलेजमा हिप ज्वाइन्ट प्रत्यारोपण

बिराटनगर / माेरङकाे टंकिसीनवारीमा स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा सफल हिप ज्वाइन्ट प्रत्यारोपण गरिएकाे छ । विराट मेडिकल कलेजमा कार्यरत हाडजोर्नी रोग बिशेषज्ञ डा.अजय महतोद्धारा सफल हिप ज्वाइन्ट प्रत्यारोपण गरिएकाे हाे । शल्यक्रियामा डा. अजय महतो, सम्लग्न टिम डा. मिथलेश गुप्ता, एनेशथेसिया बिशेषज्ञ डा.कनक साथै शल्यक्रियामा संलग्न रहेका थिए । डा. महतोका अनुसार निकै जटिल मानिने यो सर्जरी नेपालको पूर्वाञ्चलमा त्यति विकसित नभएकोले धेरै जसो बिरामी भारत लगायत अन्य देशहरुमा जाने बाध्यता रहिअाएकाेमा अब बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मै साे सेवा सुरू भएकाे जनाए । डा.महतो हिप ज्वाइन्ट प्रत्यारोपण सँगसँगै घुडाको प्रत्यारोपण र दुरबिन द्धारा गरिने शल्यक्रिया पनि भारतको दिल्ली स्थित एम्स हस्पिटलबाट बिशेषज्ञता र फेलोसिप गरेका उनले अव प्रदेश नंं १, २ का जनताहरूलाइ याे सेवाले धेरै सहज हुने बताए ।

७० बर्षिय सप्तरी निवासी उमेश प्रसाद साहको दुवै हिप ज्वाइन्ट ए.भि.एन. रोगले बिग्रीदा दाहिने हिपको प्रत्यारोपण धरानमा दुई बर्ष अगाडी गराएकाे तर राम्ररी हिड्न सकिरहेका थिएनन् । देब्रे हिप पूर्णरुपले बिग्रेको र ज्वाइन्टमा खाल्डो समेत भएकोले उहाँ वाकर र ब्हील चेयरको साहारामा बस्न बाध्य भएका उनि देब्रे हिप ज्वाइन्ट प्रत्यारोपण पछि बिना साहारा सजिलै संग हिड्डुल गर्न सक्ने भएका छन् ।

के हो यो हिप ज्वाइन्ट वा घुडाको प्रत्यारोपण ?

डा.महतोका अनुसार “बुढेसकालमा हुने आस्टिआर्थिटिक वा कुनै रोग जस्तै टि.बी., गाठीया, बाथरोग, ए.भि.एन.,का कारण घुँडा र हिप ज्वाइन्ट बिग्रीन्छ र पूर्णरुपले बिग्रीदा बिरामीलाई हिड्दा दुख्ने, दुखाइको डरले घरबाट बाहिर निस्कन मन नलाग्ने आफुले गर्ने नियमित काम गर्न नसक्ने हुन्छ । यस्तो बिरामीलाई घुँडा वा हिप ज्वाइन्टको प्रत्यारोपण गरि कृतिम जोडको आवश्यकता रहन्छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *