समाचार
परीक्षण बिनानै एकाएक भित्रिन थाले विषादीयुक्त भारतीय फलफूल र तरकारी
तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रिन थालेका छन्।प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भण्टावारीबाट सयौँको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट रवीन भट्टराईले लेखेका छन्।
काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक नेपाल भित्रिएका छन्।विराटनगर र भन्टावारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।
सरकारले परीक्षण नगर्नु भन्ने बेहोराको पत्र पठाएकाले भारतीय तरकारी र फलफूल बोकेका ट्रक बिना परीक्षण नेपाल भित्रिन थालेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए।



