समाचार

पाण्डेले माेदनाथ प्रसितकाे बाटो राेज्नु भयो : डाक्टर खतिवडा

असार, १५ आइतबार ,२०८२
काठमाडौ । कवि भवानी पाण्डेद्वारा वाचित कविताहरुले समाजकाे वास्तविकता बाेलेकाे प्राध्यापक डाक्टर लेखराज खतिवडाले बताउनु भएको छ। प्रगतिवादी कवि पाण्डेको एक कविता वाचनमा वाचित कविताहरु माथि समिक्षक गर्दै डाक्टर खतिवडाले यस्तो बताउनु भएको हो ।

कवि पाण्डेका कविताहरु शनिबार राष्ट्रिय जनसाहित्यिक महासंघकाे `१०० अौ अविरल जनसाहित्य यात्रा´मा गुन्जिएकाे थियो । खतिवडाले पाण्डेका रचनाहरु प्रगतिवादबाट विचलित नभएको टिप्पणी गर्नु भयाे । उहाँका अनुसार` पाण्डेका कविताहरु माेदनाथ प्रशितका रचनासँग तुलना गर्न मिल्ने खालका छन् ।

समाजमा देखिएका मानवीय पीडा र नागरिकका दु:खले कविलाई सताएको देखिन्छ । आफ्नो दु:खकाे पसिना बेचेर पनि नागरिकले खान पाएका छैनन्, तर सामन्तीहरु घुमेर खाएका छन भन्ने भाव छ। देश भक्ति कविताकाे मुख्य प्रधानता हो । सरकारलाई विदेशि सहयोग फिर्ता गर् भनी चुनौती दिनु भनेकाे कविकाे साहसिपन हो । लाेकतन्त्रमा दक्षिणपन्थीहरु सल्बलाएका छन् तिनलाई ठेगान लगाउन कविले सरकारलाई अनुराेध गर्नु भएको छ।

समिक्षक खतिवडाले भन्नू भएको छ,` मुलुकमा समृद्धि ल्याउन देशमा युवा शक्ति हुनु जरुरी रहेको पाण्डेले धारणाहरु अभिव्यक्त गर्नु भएको छ। सन्तानले बुबा आमालाई वृद्धश्रममा राख्ने कार्यकाे घाेर विराेधी कवि चेतना र अन्य धारहरु केलाउने हो भने उत्तरबर्ति चरणकाे कवि हुने प्रबल सम्भावना पाण्डेमा पाइन्छ । कविताकाे सेराेफेराे नेपाली वातावरणमा छ भने विश्व परिवेशमा देखिएकाे समस्याले देशमा पनि असर पर्ने भएकोले सचेत रहन विश्वलाई अपिल गर्नु कविले मानवियताकाे वकालत हो । पाण्डेका मविता माथि समीक्षा गर्दै डाक्टर खतिवडाले प्रष्ट्याउनु भएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *