समाचार

भाइरल अघोरी बाबा ‘लाइफ ड्यामेज’ इटहरी आउने

इटहरी / इटहरीमा जारी मिनी महोत्सवमा चर्चित गायक अघोरी बाबाको प्रस्तुती हुने भएको छ । इटहरीको बुल्स इलाभेन क्लब को आयोजनामा २६ गतेबाट सुरु भएको महोत्सवमा ९ गते भाइरल बाबाको प्रश्तुति हुने भएको हो । बिभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहदै आएको महोत्सब १५ गते सम्पन्न हुने आयोजक क्लबका कोषाध्यक्ष रामु राईले जानकारी दिएका छन् नेपालीहरुको महान चाड शुभ दिपावलीको अबसरमा आयोजना गरीएको महोत्सबमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहदै आएको राईले जानकारी दिए ।
१५ गते भने हाउजी प्रतियोगीता हुने उनले बताए । महोत्सवमा वालबालीका हरुको मनोरञ्जनको लागी बिभिन्न खेल तमासाका साथै रोटे पिङको आर्कषण रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *