समाचार

प्रचण्डलाई भेट्न पेरिसडाँडामा ठेकेदारको लर्को, प्रचण्डले भने-सचेत हुनुहोला

जेठ २६, २०७५ काठमाडौं : निर्माण व्यवसायीहरुको प्रतिनिधि मण्डलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाको कार्यालय कोटेश्वरमा भेटेका छन्। प्रचण्डसँगको भेटमा व्यवसायीहरूले ठूला ठेकेदारको कारण विकास निर्माणको काम लथालिंग भएको बताएका थिए। भेटमा प्रचण्डले ठेकेदारहरूको एकाधिकार तोडिने बताए। सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्नेमा प्रचण्डले जोड दिएका थिए। ठेक्का लिएर काम होल्ड गरेर बस्ने प्रवृत्तिका विषयमा सचेत हुन प्रचण्डले ठेकेदारहरूलाई आग्रह पनि गरेका छन्। समृद्धि र विकासका काममा अघि बढेको सरकारलाई निर्माण व्यवसायीहरूले पनि सहयोग गर्नुपर्ने प्रचण्डले बताए। सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेको प्रचण्डले बताएका थिए। केही दिनयता गृहमन्त्रालयले काम नगर्ने ठेकेदारहरुको सूची बनाइरहेको छ। गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले नछोड्ने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *