समाचार

जापानको आँधीमा ११ जनाको मृ’त्यु, जनजीवन प्रभावित

टोकियो। जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृ*त्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइ रहेको उद्धार कर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ। आँधीका कारण विभिन्न स्थानमा ड’रलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरु डु’बानमा परेका छन्।

जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ। आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् । आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ। नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीहरुले बताएका छन्।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन्। मानिसहरुले घरका झ्याल र बाल्कोनीबाट उ’द्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ । नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलि भिजनहरुले प्रसारण गरिरहेका छन्। जापानी टेलिभिजन एनएचकेका अनुसार कम्तीमा ९९ जना घा’इते भएका र एक दर्जन भन्दा बढी मानिस बे’पत्ता भएका छन्। एएफपी

नागानो शहरका एक अधिकारी यासुहिरो यामागुचीले गएराति स्थानीय ४२७ घर परिवारका एक हजार ४१७ व्यक्तिलाई घर छाड्न अनुरोध गरिएको जानकारी दिए। हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा २१६ किलोमिटर भन्दा बढीको वेगमा थियो।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *