अ+
अ
अ-
पत्रकार सुधिर शर्मा कान्तिपुर दैनिकको प्रधान-सम्पादक नियुक्त भएका छन्।
कान्तिपुर व्यवस्थापनले शर्मालाई सोमबारदेखि लागू हुने गरी शर्मालाई प्रधान-सम्पादक नियुक्त गरेको हो।
कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश सिरोहियाले निवर्तमान प्रधान-सम्पादक नारायण वाग्लेको राजीनामा स्वीकृत भएको र शर्मालाई स्वागत गरेको जानकारी ट्वीटमार्फत् दिएका छन्।
वाग्ले करिब एक वर्षअघि उनै शर्माले राजीनामा दिएपछि कान्तिपुर दैनिकका प्रधान-सम्पादक भएका थिए।
वाग्लेले कान्तिपुर छाडेको ट्वीट गर्दै ‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर कान्तिपुर दैनिकबाट आज राजीनामा दिएको छु,’ लेखेका छन्।



