व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गरौँ- सभामुख अर्याल

eQmk'/, @$ sflQs M k|ltlgwL ;efsf ;efd'v 8f]nk|;fb cof{n cfh dWok'/lyld z+vw/ rf]sdf /fli6«o lje"lt z+vw/ ;fVjfM k|lti7fgn] cfof]hgf u/]sf] z'esfdgf tyf z+vw/ ;fVjfMsf] k|ltdfdf dfNof{k0f sfo{qmddf :dfl/sf ljdf]rg ub}{ . tl:j/ M /d]z lu/L, /f;;
अ+
अ
अ-

भक्तपुर । सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४७ का अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शुभकामना तथा साख्वाःको प्रतीमामा माल्र्यापण कार्यक्रममा बोल्नुहुँदै सभामुख अर्यालले साख्वाःले जस्तै सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल संवत् केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलक संस्कृति र राष्ट्रिय पहिचानको जिवन्त प्रतीक पनि हो भन्दै उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति जनतामा समर्पित गर्दै जनताको ऋण मोचन गर्ने ऐतिहासिक योगदान, सामाजिक न्याय र लोक कल्याणका क्षेत्रमा साख्वाःको योगदान उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो ।

सरकारी कामकाज तथा अभिलेखमा नेपाल संवत्को प्रयोग हुन थालेको उल्लेख गर्दै उहाँले परिवर्तित सन्दर्भमा नेपाल संवत्लाई आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरी क्रमशः मुलुकको शैक्षिक क्षेत्रसहित डिजिटल प्रणालीमा पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

गरौँ स् सभामुख इतिहास र ंसंस्कृतिको संरक्षण गर्ने, सार्वजनिक जीवनमा इमानदारिता, जवाफदेहिता कायम गर्ने तथा विविधताबीचको एकता एवं सामाजिक सद्भावलाई अझ बलियो र सुदृढा बनाउन सबैले सङ्कल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय विभूति साख्वाःले अनुशरण गर्नुभएको बाटोलाई पछ्याउँदै देश र जनताको पक्षमा काम गर्न सबैसँग अनुरोध गर्नुभयो ।

यसैगरी, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै मुलुकका समग्र जातजाति, भाषाभाषि, संस्कृतिको संरक्षण, प्रबद्र्धन र जगेर्ना गर्नका लागि प्रदेश सरकारका तर्पmबाट बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सङ्ग्रहालय निर्माणसहित भाषा, साहित्य, कला, संस्कृतिको उत्थानका लागि वागमती प्रदेशअन्तर्गतका सबै जिल्लामा शङ्खधर साख्वाः प्रतिष्ठान निर्माण गर्ने कार्यक्रम दोलखाबाट सुरु भएको बताउँदै उहाँले क्रमशः प्रतिष्ठान सबै जिल्लामा स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।