समाचार

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। राष्ट्रपति निवास शितलनिवास पुगेर अध्यक्ष दाहालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता भएको दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले बताए। ‘समसमायिक विषयमा छलफल भयो,’ सापकोटाले भने।

दाहाल र राष्ट्रपतिबीच लामो समयदेखि भेटवार्ता भएको थिएन। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर छन्।

अध्यक्ष ओलीले दाहाललाई आवश्यक परे पार्टीका बैठकहरू राख्न सक्ने अधिकारसमेत दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *