समाचार

आर्थिक रूपमा टाट पल्टेको जेट एयरवेजका कर्मचारी शैलेशले गरे आत्महत्या

एजेन्सी, १५ वैशाख । भारतको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन् ।

आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको एयरवेजका वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार ५३ वर्षीय सिंह तीन वर्षयता क्यान्सर रोगबाट पीडित थिए । पछिल्ला चार महिना उनको अवस्था गम्भीर हुँदै गएको थियो ।
प्रहरीका अनुसार उनले दुई महिनादेखि तलब पाएका थिएनन् ।

अस्पतालमा भर्ना गरिएका उनलाई गत शुक्रबार आफ्नै निवास महाराष्ट्रस्थित पालघरमा ल्याइएको थियो । शुक्रबार नै उनले घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।

शैलेशका जेठो छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलव पाएका छैनन् । जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि कर्मचारीहरु कामविहीन भएका छन् । साभारः मिडियाएनपीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *