समाचार
धरान प्रहरीकाे सह्नायीय कार्य, चोरी भएको मोवाइल सेट धनीलाई फिर्ता
धरान / हराएका र चोरी भएका सर्वसाधाणको मोवाइलहरु इलाका प्रहरी कार्यालय धरानले फेला पारी मोवाइल धनीलाई नै फिर्ता दिएको छ । प्रहरीले ०७५ फागुन २७ गतेदेखि ०७६ जेष्ठ २१ सम्म हराएका १२ जना मोवाइल धनीलाई आज इलाका प्रहरी कार्यालय धरानका परिषरमै फिर्ता दिएको हो ।
फेला परेका ती मोवाइलहरु १३ हजारदेखि ५० हजार मूल्य बराबरको रहेका छन् । मोवाइल हराएपछि मोवाइल धनीले इलाका प्रहरी कार्यालयमा उजुरी हालेपछि प्रहरीले सक्रियता बढाएसंगै हराएका मोवाइल फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । उहाका अनुसार मोवाइलको आइएमी नम्बरबाट ती सबै मोवाइल फेला परेका हुन् । चोरी गरेर लगेका मोवाइल भने चोरले अरुलाई बेचेका कारण वास्तविक चोर भने पत्ता लगाउन अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

हराएका मोवाइल फिर्ता पाउनेहरुमा धरान १५ का सन्तोष तामाङ, भीम केदेम, सरोज श्रेष्ठ, रोशना मगर, आब्दा सदा, सन्तोषी राई, धरान १९ का चन्द्रकला लिम्बु, धरान ८ का विकास राई, सुदिप राई, रमा राई, धरान ५ का सन्तोष रुचाल, धरान १८ का बालकुमार राइको मोवाइलको मोवाइल इलाका प्रहरी कार्यालय धरानले फिर्ता दिएको हो ।
०७५ साउन १देखि यता जम्मा मोवाइल हराएको भन्द २ सय ४ जनाले इलाका प्रहरी कार्यालयमा उजुरी परेपनि हालसम्म ६७ जनाको मोवाइल फेला पारी मोवाइल धनीलाई फिर्र्ता दिएको कार्यालयले जनाएको छ । मोवाइल चोरी बढ्ने क्रम बढेपछि यसको नियन्त्रणका लागि इलाकाले सिडिआर शाखा सेक्सन (कल डिटेल सेक्सन) चाडै नै खोल्ने डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।