समाचार
नख्खु कारागारमा कैदी बन्दी माथि आक्रमण, एक जनाको मृत्यु
काठमाडौं / शुक्रबार अपरान्ह १ बजेको आसपासमा नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो । यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ ।




