समाचार
बागमती प्रदेशमा गठबन्धनका उमेरद्वार राष्ट्रिय सभामा विजयी
माघ११बिहिवार ,२०८०
काठमाडौं । आज भएको राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका उमेरद्वार विजयी भएका छन् । गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मत सहित विजयी हुनु भएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गर्नु भएको हो ।
दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ५१२ मत प्राप्त गर्नु भएको थियो । प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे।
महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
