समाचार
वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीको ठाेकुवा

मंसिर ,१७
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद तथा शहरी विकास मन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धन र जनताको मायाले निर्वाचन जितेको बताउनुभएको छ।
राताेपाटि अनलाइनलाई अन्तरवार्ता दिदै सांसद चौधरीले गठबन्धन दलकाे सहयोग र व्यक्तिगत छवि राम्रो भएकोे कारण आफुलाई जनताले भाेट दिएकाे बताउनु भएको हो ।
एक प्रश्नकाे उत्तर सांसद चौधरीले नेकपा एकीकृत समाजवादी र माओवादी बिच एकता हुने कुरा हल्ला मात्र भएको बताउनु भयो ।उहाँले भन्नुभयो ” पार्टी एकता हुने कुरा हल्ला मात्र हाे । एकताकाे सम्भावना छैन । कुनै एक दल वा पार्टीसंग एकता हुदैन । यदि सम्भव भयाे भने सिंगो कम्नुष्ट आन्दोलनलाई एकतावद्व बनाउने उदेश्यका साथ लाग्ने छौ , नत्र हाललाई साेचेकाे पनि छैन ” ।
सत्ता गठबन्धन मंसिर ४काे निर्वाचना सफल भएको छ ।गठबन्धन गरेकोले हामीले १० सिट प्राप्त गर्यौ । १५ / १७ सिटकाे लक्ष्य थियो तर साेचे जस्तो भएन । हामीले समानुपातिकमा पनि मत पाउन सकेनौ , तैपनि राम्रो मान्नु पर्छ ।समग्रमा सबै दलकाे सिट र मत घटेकाे छ त्यसैले आत्तिनु पर्ने कुनै कारण नरहेको चौधरीकाे भनाइ थियो ।
अबका सरकार वर्तमान गठबन्धन दलहरुकाे र काङ्ग्रेसको नेतृत्वमा बन्ने ठाेकुवा गर्दै एकीकृत समाजवादीलाई नेपाली काङ्ग्रेसको नेतृत्वमा प्रधानमन्त्री स्विकार्य हुने पनि स्पस्ट पार्नु भएको छ।

