समाचार

ओमानमा नेपाली चेलीद्वारा आत्महत्या

दोहा / ओमनको सहलाहमा इटहरीकी रेणु गुरुङले झुन्डिएर आत्महत्या गरेकी छन् । विगत १४ महिनादेखि हाउसमेडको रुपमा काम गर्दै आएकी गुरुङले झुन्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ । गुरुङले के कारणले आत्महत्या गरिन् भन्ने बारे केहि खुलेको छैन् । कोठाबाट एक सुसाइड नोट फेला परेको बताइएको छ ।सुुसाइड नोट ओमन प्रहरीले बरामद गरी घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ । गुरुङको दुई छोरा र एक छोरी थिए । तर, दुई छोरामध्ये एकले गतवर्ष झुन्डिएर आत्महत्या गरेको आफन्तहरूले बताएका छ । मृतक शव आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भैरहेको ओमनस्थित नेपाली दुतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले जानकारी दिईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *