समाचार

अब शशांकले पनि देउवाको साथ छोड्ने,देउवा र पौडेल समूहबीच वारपारको लडाई

काठमाडौं, ८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच वारपारको लडाई हुने भएको छ ।

सभापति देउवाले विधि, प्रक्रिया र विधान अनुसार पार्टीलाई अगाडि नबढाएको आरोप पौडेल पक्षको छ । विधान सच्याएर सभापतिलाई शक्तिशाली बनाउन लागिपरेको भन्दै पार्टीभित्र अन्य नेताहरुपनि रिसाएका छन् ।

हिजो महामन्त्री डा.शशांक  कोइरालाको ६० औं जन्मउत्सव मनाउन कोइराला परिवारका नेताहरु एक ठाउँमा भेला भएका थिए । बैठकमा महामन्त्री कोइरालासँगै नेता शेखर कोइराला र नेतृ सुजाता कोइरालाले देउवाविरुद्ध अब मोर्चाबन्दी कस्नुपर्नेबारे छलफल गरेका थिए ।

स्रोतले दिएको जानकारी अनुसार महामन्त्री कोइरालाले पनि अब सभापति देउवाको साथ छोड्ने बुझिएको छ ।

बरिष्ठ नेता पौडेल यतिवेला धार्मिक भ्रमणमा भारत निस्किएका छन् । उनी काठमाडौं फर्किएलगत्तै देउवासँग वारपारको लडाई लड्ने तयारी पौडेल पक्षले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *