समाचार

पाँचखालमा अस्फाल्ट प्लान्ट निर्माणविरुद्ध एकीकृत समाजवादीको विरोध

भदौ १,२०८२
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाँचखाल नगर कमिटीले पाँचखाल नगरपालिका–८ मा नियम र प्रक्रिया नपु¥याई अगाडि बढाइएको अस्फाल्ट प्लान्ट निर्माणप्रति कडा आपत्ति जनाएको छ।

नगर कमिटीका अध्यक्ष रामशरण दुलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो प्लान्ट निर्माणले स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण, पौराणिक सम्पदा र मानव जीवनमा गम्भीर असर पार्ने भएकाले तुरुन्त रोक्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “देश निर्माणमा उद्योग आवश्यक हुन्छ, तर पर्यावरण र मानव स्वास्थ्यलाई खतरामा पार्ने रसायनिक उद्योगलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन।”

नगर कमिटीले पाँचखाल नगरपालिका र बन्दन भगवती निर्माण सेवा प्रा.लिलाई अस्फाल्ट प्लान्टको काम तत्काल रोक्न चेतावनी दिएको छ। साथै पार्टीले वातावरण संरक्षण संघर्ष समितिप्रति ऐक्यवद्धता जनाउँदै स्थानीयको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।

ज्ञापनपत्र बुझाउँदै नेकपा एकीकृत समाजवादीका युवा नेता शिवराम दाहाल , पुुर्षाेत्तम आचार्यले प्लान्ट निर्माणमा जबर्जस्ती नगर्न आग्रह गर्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *