समाचार
बुलबुलका चोपेन्द्रसँग जोडी बाध्दै केकी अधिकारी !
काठमाडौँ- नायिका केकी अधिकारीसँग मुकुन भुषालले अभिनय गर्ने भएका छन् । फिल्म बुलबुलमा चोपेन्द्र भुसालको परिचय बनाएका मुकुनले ‘झिङ्गेदाउ’मा केकीको जोडी बन्ने भएका हुन । उक्त फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भएका छन् । फिल्मको चरित्रमा केकीले नै न्याय गर्न सक्ने भएकाले केकीलाई लिइएको बताइएको छ ।
सिनेमाका अन्य मूख्य कलाकारको छनौट भइसकेको बताइएको छ । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा फिल्मको सुटिगं गरिने बताइएको छ । फिल्ममा चचिृत अर्जुन पोखरेलले संगीत र प्रदीप भारद्वाजको पटकथारसंवाद रहने छ । केकी पछिल्लो समय फिल्म छ माया छपक्कैमा व्यस्त छन् ।



