समाचार

जिसस,गाउँपालिका र नगरपालिका संघले संयुक्तरूपमा गराए प्रधानमन्त्रीलाई ध्यानाकर्षण

पुस, १२ शुक्रबार ,२०८१
काठमाडौं । जिल्ला समन्वय समिति महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रपरिषदकाे कार्यालय सिंहदरबारमा तिनै तहका महासंघले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।

महासंघले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन लगाएका विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक तत्काल डाक्न आग्रह गर्दै प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दिपक कुमार गौतमले टुकी नेटवर्कलाई जानकारी दिनु भयो । प्रधानमन्त्रीको अध्यक्षतामा उक्त  समन्वय परिषद्को बैठक गत २०८० माघ २४ गते बसेकाे थियो । ततपश्चात हालसम्म समन्वय परिषदकाे बैठक बस्न सकेको छ।

गाउँपालिका राष्ट्रिय महासंका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष राजन मेहता सहितले संयुक्तरूपमा ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो ।

ध्यानाकर्षण पत्रमा,` समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन आग्रह गरिएको छ ।´

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *