समाचार

पोखरा–५ पस्र्याङमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन

पोखरा, ४ असार । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र स्थापना तथा सुचारु भएको छ ।

प्रदेश सभा सांसद राजीव पहारीले दिवा सेवा केन्द्रको शुभारम्भ गर्दै जेष्ठ नागरिकहरुलाई मनोरञ्जन र दिर्घायुको लागि सेवा केन्द्रको उल्लेख्य भूमिका रहने बताए ।

कार्यक्रममा नेकपाका विष्णु प्रसाद बराल, नेपाली काँग्रेसका फणिन्द्र पराजुली, जनप्रतिनिधि वडा सदस्यहरु पुष्पराज बराल, उज्वल खत्री, हरिमाया विश्वकर्मा, लायन्स क्लव अफ अन्नपुर्णका प्रमुख दिनेश तुलाचन, जेष्ठ नागरिक क्लवका अध्यक्ष विश्वनाथ पराजुली लगायतले दिवा सेवा केन्द्रलाई व्यवस्थित बनाउन वडा समिति र नागरिकको सहयोग गर्ने बताए ।

आर्थिक वर्ष २०७५/०७६ को जेष्ठ नागरिक तर्फ विनियोजित रकमबाट सो दिवा सेवा केन्द्र संचालन भएको हो । अब नाचगान, प्रवचन र जेष्ठ नागरिकहरुलाई प्रत्येक दिन चिया एवं शुद्ध पिउने पानीको व्यवस्था गरिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *