समाचार

सुनसरीमा संचार मन्त्री कार्की झिनाे मतान्तरले अगाडि ,उनलाई पछ्याउँदै एमालेका जगदीश प्रसाद

आशिश कुमार यादव ,मंसिर १४

सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । याे क्षेत्र सरकारका प्रवक्ता समेत रहनु भएका सुचान तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र हो ।

निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २७ हजार ३६७ मत र नेकपा एमालेका जगदीश प्रसाद कुसियैले २७ हजार २७९ मत प्राप्त गर्नु भएको छ।

हालको मत गणना परिणाम अनुसार कार्कीले ८८ मतले अग्रता लिईरहनु भएको छ। अब सात हजार मतदगणना बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *