समाचार
सरकारी गाडीले साइकललाई ठक्कर दिँदा उमेशको मृत्यु
काठमाडौँ – पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेश हिङमाङ रहेका छन् । पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका(१ कालीमोडामा डेरा गरी बस्ने बर्ष ४० को उमेशको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको हो ।

कन्काई नगरपालिका९१ दुर्गापुरमा भ्यानको ठक्करबाट गम्भीर घाइते भएका हिङमाङको बि। एण्ड। सी। अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।



