समाचार

पर्यटकबाट १० करोड राजस्व संकलन

सोलुखुम्बु / सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रको भ्रमाणमा आउने पर्यटकबाट नौ महिनाको अवधिमा १० करोड भन्दा बडि राजस्व संकलन गरेको छ । गाउँपालिकाले साउन देखि चैत्रको मसान्त सम्ममा १२ लाख ३६ हजार राजस्व संकलन गरेको हो । जसमा संकङलन राजस्व मध्ये ९ करोड २३ लाख १२ हजार लुक्ला पयर्टक शुल्क काउन्टर र ८९ लाख २६ हजार मन्जु पर्यटक शुल्क काउन्टरबाट संकलन गरिएको हो ।

खुम्बु पासाङल्हामु गाँउपालिकाले गाउँपालिका आफैले प्रति पर्यटक २ हजार प्रवेश शुल्क लिदै आएको छ । यसैबीच चालु आर्थिक वर्षको साउन देखि चैत्र मसान्त सम्म ५० हजार भन्दा बढी पर्यटकले सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गरेका छन् । सो समय अवधिमा ५० हजार ६ सय १८ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका खुम्बु पासाङल्हामु गाउँपालिकाका नायब सुब्बा चेतनाथ कट्टेलले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *