समाचार

निकै दुखद खबर : जिप दुर्घटनामा एकजनाको मृत्यु, दुईको अवस्था निकै गम्भीर

उदयपुर — उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । आइतबार राति सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयामसम्म जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअपजिप दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएकोहाे ।

दुर्घटनामा गम्भीर घाइते बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षीय चरकुमारी राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको छ ।

बेलका ७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते छिन् । घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिए ।

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको आर्थिक वर्ष ०७५/७६ को पहिलो आठ महिनाको तथ्यांक अनुसार यस अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १० खर्ब १० अर्ब ३३ करोड छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले धेरै हो।

आठ महिनाको अवधिमा आयात २२.९ प्रतिशतले बढेर नौ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ। कुल निर्यात ६१ अर्ब २२ करोड पुगेको छ। गत वर्षको तुलनामा चालु वर्षको आठ महिनाको निर्यात १५.३ प्रतिशतले बढी हो। यस अवधिमा निर्यात–आयात अनुपात १ः१५.५ छ। यस अवधिमा मुलुकबाट निकासी भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, फलाम तथा स्टिल, ऊनी गलैंचा, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, चिया, कपडा, अलैंची, पस्मिना सल छन्।

यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पोलिस्टर तथा अन्य धागोको निर्यात २३.५ प्रतिशतले वृद्धि भई ६.३४ अर्ब, फलाम तथा तिनका उत्पादनको ३५.३ प्रतिशतले बढेर ४.९२ अर्ब, ऊनी गलैंचाको ८.६ प्रतिशतले बढेर ४.८५ अर्ब पुगेको छ। तयारी पोसाक निर्यात ४.१५ अर्ब पुगेको छ। जुट तथा जुटका उत्पादनको निर्यात ४.१ प्रतिशतले बढेर ३.७१ अर्ब पुगेको छ। यसै गरी यस अवधिमा २.९० अर्बको जुस, २.३५ अर्बको चिया, २.२९ अर्बको टेक्सटाइल, २.२२ अर्बको अलैंची, १.५३ अर्बको पस्मिना सल, १.१६ अर्बको फेल्ट, १.०५ अर्बको जडीबुटी, ९० करोडको मुसुरोको दाल र ७७ करोडको जुत्ता निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। मुलुकको निकासी बजारमा भारत, अमेरिका, जर्मनी, टर्की, युके, चीन, बंगलादेश, फ्रान्स, इटाली, जापान, क्यानडा, अस्ट्रेलिया, डेनमार्क आदि प्रमुुख रहेका छन्।

पैठारीतर्फ समग्रमा आव ०७५÷७६ को पहिलो आठ महिनामा पेट्रोलियम पदार्थ ३५.५ प्रतिशतले बढेर १३७.६० अर्ब पुगेको छ। यसैगरी, फलाम तथा स्टिल र तिनका उत्पादनको आयात ३३.७ प्रतिशतले बढेर ११२.४० अर्ब, मसिनरी तथा पार्ट्स ३.६ प्रतिशतले घटेर ७९.८६ अर्ब पुगेको छ। यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १४.२ प्रतिशतले बढेर ६४.०१ अर्ब तथा इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको ३९.१ प्रतिशतले बढेर ३९.६३ अर्ब पुगेको केन्द्रले जनाएको छ। अन्न आयात २१.२ प्रतिशतले बढेर ३६.७१ अर्ब पुगेको छ भने हवाईजहाज तथा यसका पार्ट्सको आयात १५६.१ प्रतिशतले बढेर १९.३२ अर्ब पुगेको छ। तयारी पोसाक आयात १७१.४ प्रतिशतले बढेर २३.५० अर्ब पुगेको छ। सुनको आयात १३.६ प्रतिशतले बढेर २३.४३ अर्ब पुगेको छ। यसैगरी, औषधी आयात १३.६ प्रतिशतले बढेर २०.९६ अर्ब पुगेको छ। पोलिथिन ग्रेनुअल्सको आयात २३.० प्रतिशतले बढेर १५.५५ अर्ब पुगेको छ।

समीक्षा अवधिमा ११.३७ अर्ब बराबरको रासायनिक मल र १०.१५ अर्ब बराबरको सिमेन्ट क्लिंकर आयात भएको देखिन्छ। दूरसञ्चारका सामग्रीको आयात १४.४ प्रतिशतले घटेर १९.३४ अर्बमा सीमित भएको छ। नेपालको पैठारी स्रोत मुलुकमा भारत, चीन, युएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, मलेसिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, साउदी अरेबिया, युक्रेन, भियतनाम प्रमुुख रुपमा रहेका छन्।

समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामग्री: फलाम, स्टिल तथा तिनका सामान, सिमेन्ट, आल्मुनियम, तामा जस्ता वस्तुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको देखिन्छ। यसैगरी, देशका लागि अति आवश्यक औद्योगिक कच्चा पदार्थ ः कच्चा पाम आयल, सिमेन्ट क्लिंकर, पोलिथिन ग्रेनुअल्स, रबर, रसायन जस्ता वस्तुको आयात उल्लेख्य रुपमा बढेको केन्द्रले उल्लेख गरेको छ।
मलको आयातमा वृद्धि देखिए तापनि यस्तो आयातले कृषि उत्पादन वृद्धिमा ठूलो भूमिका खेलिरहेको देखिन्छ। समीक्षा अवधिमा हवाईजहाज तथा हेलिकप्टरको आयात पनि बढेको देखिएकोे छ। यो वृद्धि पटकपटक नभई एकपटक मात्र हुने र यस्ता आयातले दीर्घकालसम्म पुँजी निर्माण गर्नुका साथै देशको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा थप योगदान दिने निश्चित छ।

यसैगरी, समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात बढे पनि पेट्रोलियम पदार्थको अधिकांश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खर्च भइरहेको सन्दर्भमा यी वस्तुको आयातले पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महŒवपूर्ण योगदान दिएको पाइन्छ।

चालु आर्थिक वर्ष ०७५/७६ को समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा २३.५ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा ८८७.८९ अर्ब पुगेको केन्द्रले उल्लेख गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *