समाचार

सुन्दर सपना बोकेर डेढ वर्षअघि अष्ट्रेलिया गएका समिक्षा र गोपालको अ*ल्पायुमै मृ*त्यु !

स्याङ्जा : अष्ट्रेलियमा कार दु*र्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ।अन्य ३ जना घा*इते भएका छन् । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दु*र्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्या*न गएको हो।

अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दु*र्घटनामा परेको थियो। विदाको समयमा साथीसँग हिउँ खेल्न हिँडेका १५ जनामध्ये ५ जना चढेको कार दु*र्घटनामा परेको हो। उनीहरु ३ वटा कारमा थिए। अन्य १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर हिँडेको बताइएको छ। क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घा*इते आश्विन कडेलले बताए।

आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ। दु*र्घटनामा सख्त घा*इते २ लाई हेलिकप्टरमार्फत लगेर उ*पचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उ*पचार भइरहेको जनाइएको छ। उनीहरुको अ*वस्था ख*तरामुक्त रहेको छ। मृ*तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ। जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अ*ल्पायुमै गु*माउनु परेकोमा स्याङ्जाबासी शो*कमा डुबको छ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *