समाचार
नेपालको असल छिमेकी देश चीनले दियो फेरी अर्को ठुलो खुशीको खबर : काठमाडौंमा आयो ठुलो उपहार (पुरा विवरण हेरी शेयर गर्नुहोस्)
नेपालको छिमेकी राष्ट्र चीनको छेन्दु नगरले काठमाडौं महानगरलाई २ ओटा ब्रुमर आज हस्तान्तरण गरेको छ। छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेका हुन् | छेङ्दुले महानगरलाई दिएको ब्रुमर, युरो ५ मापदण्डका छन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन भएका हुन् |गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता पनि ११८ किलोवाट रहेको छ |
१५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्नेछन। धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता ति गाडीहरुमा छ | सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने गरी बनाएपछि धुलो तथा पतिङ्गर पुरै तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरेरै प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सार बाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ पर्दछ |



