बिचार/ब्लग
हिन्दु परम्परा अनुसार पशुपतिमा अन्तिम संस्कार गरिएका बेलायती नागरिक फिलिपको मृत्युपछि खुले यस्ता रहस्य
काठमाडौँ । मृत्यु कसैको लागिपनी सहज कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायती नागरिक फिलिपले । मृत्यु संग जुधिरहेका बेलायति नागरिकअले केही दिन अघी अन्तिम श्वास फेरे। उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो । शायद त्यसैको प्रतिफल होला उनी आफ्नो धर्म छाडेर हिन्दु भएका थिए ।

सोही कारण उनको हिन्दु परम्परा अनुसार पशुपतिमा अन्तिम सस्कार गरियो ।उ नको अन्तिम सस्कारमा बिनय जंग बस्नेत , क्रिष्टिना र उनकी प्रेमिका रोजिना गोयल लगायत अन्य ब्यक्तीको उपस्थितिमा बिनयले दाग बत्ती दिए । उनलाई बिनयले दाग बत्ती दिए संगै रोजिना गोयल मुर्छित भएर ढलेकी थिईन् । रोजिना ट्राभल एजेन्सीमा काम गर्ने बैनीको सम्पर्कबाट फिलिप लार्इ चिनेको बताउँछिन । फिलिपले बेलायतबाट रोजिकै खातामा पैसा जम्मा गर्ने गरेको समेत खुल्न आएको छ ।
