बिचार/ब्लग
यति मोटो रकम सहित पक्राउ परे १४ जुवाडे
काठमाडौं । प्रहरीले बानियाँटारबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको टोलीले ४ लाख ३५ हजारसहित पक्राउ गरेको हो ।

प्रहरीले दिउसोजुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा राम बुढाथोकी, नमिर मियाँ, आयुष गुरुङ, ईश्वरलाल श्रेष्ठ, कृष्ण गुरुङ, गोपिराज गुरुङ, हर्क गुरुङ, दाल कुमार मगर, कृष्ण श्रेष्ठ, नुरु बहादुर गुरुङ, बुद्धि तामाङ, राजाराम लामिछाने, रामवेद रिमाल, सुवास गुरुङ रहेका छन् । उनीहरुको साथबाट ६ बुक तास समेत बरामद गरिएको छ ।
