बिचार/ब्लग

डिग्री पढेकी युवती गाईको मलमुत्र स्याहार्दै, कमाउछिन लाखौ

काठमाडौं : डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसि रहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बन्नु भएको छ । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।

छोराले घर व्यवहार धान्छन् र छोरीले विहे भै अर्काको घरमा जान्छन् भन्ने नेपाली सोंचाइँ र परम्पराको अपवाद हुनुहुन्छ बाँके कोहलपुर–१२ चप्परगौडीकी शारदा शर्मा । ३४ बर्षीया शर्मा बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित हुनुहुन्न् पशुपालन मार्फत बाँकेमै उदाहरणिय बन्नुभएको छ । व्यसायिक गाईपालनले नै उहाँलाई देश देखि विदेश सम्म चिनाएको छ ।

शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर शारदाले वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्नुहुन्छ। १५हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उहाँ र उहाँको परिवारको आर्थिक उन्नती भएको छभने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाइपालन सुरु गर्नु भएकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् ।

प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उहाँले बजारको माग धान्न सक्नु भएको छैन् । भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाई पालन सुरु गरेको उहाँको भनाइ छ । भारत छँदा शारदाका बुवाआमाले गाइपालन गर्नुहुन्थ्यो । त्यसैलाई पछ्याउँनुभयो शारदाले पनि । परम्परागत प्रर्णालीबाट गाईपालन गर्दै आएकोमा शारदाले २०६८ साल देखि सिर्जनशिल गाई फर्म निर्माण गरेर आधुनिक प्रर्णालीबाट गाईपालन सुरु गर्नुभएको हो ।

तपाईजस्ता पढेलेखेका युवा गाई गोठमा पस्नु त परै जावस, पशु पालनको सम्भावनाको कुरा गर्दा निधार खुम्चाउ छन् । सरकारी जागिरको लागि भौतारिरहेका छन। तपाई चाही गाईपालनमा किन ? वाइट बाँके पशुपालनको लागि राम्रो सम्भावना बोकेको जिल्लाका रुपमा रहेको छ । त्यसैैले पनि यहाँ पशुपालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधमा अहिले बाँके आत्मनिर्भर मानिन्छ ।

कोहलपुर नगरपालिकाका पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढा शारदाले गरेको पशुपालन जिल्लाकै नमूना भएको बताउँनु हुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । उहाँको परिवारले पनि गाइ पालनमा सघाउ पु¥याएको छ । शारदा गाइपालनको राम्रो सम्भावना देख्नुहुन्छ । तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उहाँको बुझाइछ ।

हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभाव कारीता नदेखिएको प्रति शारदाको चित्त दुखाई छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफु जस्ता तन्नेरीहरुलाई सुझाव दिनुहुन्छ । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने उहाँ बताउनु हुँन्छ ।

गाई पालनबाट केही समय निकालेर उहाँले सामाजिक कार्यमा पनि लगाउँदै आउनु भएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उहाँले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लग्नु भएको छ । पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढा शारदाले गरेको पशुपालन जिल्लाकै नमूना भएको बताउँनुहुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ ।

उहाँको परिवारले पनि गाइपालनमा सघाउ पु¥याएको छ । शारदा गाइपालनको राम्रो सम्भावना देख्नुहुन्छ । तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उहाँको बुझाइछ । हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभावकारीता नदेखिएकोप्रति शारदाको चित्त दुखाई छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिनुहुन्छ ।

विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने उहाँ बताउनु हुँन्छ । गाईपालनबाट केही समय निकालेर उहाँले सामाजिक कार्यमा पनि लगाउँदै आउनु भएको छ । बाल बालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उहाँले बाल बालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लग्नुभएको छ । कृषि पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *