निर्माता छवीराज ओझा भन्छन् : शिल्पासँग मेरो बिबाह भैसक्यो, तर विवाहको फोटो सार्बजनिक गर्न डर लाग्छ !

अ+
अ
अ-

काठमाडौं / चलचित्र जगतमा नेपाली चलचित्र क्षेत्रकी नायिका शिल्पा पोखरेल नायिका रेखा थापाको स्थानमा आइपुगेको ब्याख्या हुने गर्दछ । रेखासँग अनुहार मिल्नु र छविराज ओझासँग उनको सम्बन्ध हुनुले पनि सायद यस्तो चर्चा हुने गरेको हुनुपर्छ ।

शिल्पाले म्युजिक भिडियोमा अभिनय गर्दै चलचित्रसम्म आउँदा थुप्रै सफल चलचित्रहरु पनि दिन सफल भएकी छिन् । छविराज ओझाद्वारा निर्माण गरिएकै चलचित्रमा प्राय उनले अभिनय गर्ने गरेकी छिन् ।

नायिका रोखा थापासँगको सम्बन्ध विच्छेद पश्चात ओझा शिल्पासँग नजिकिएका हुन् । यसैबीच ओझाले एक कार्यक्रमलाई अन्तर्वार्ता दिँदै शिल्पासँग बिवाह भइसकेको बताएका हुन् । तर बिहे गरेको फोटो सार्वजनिक गर्न भने डराएको उनको भनाई छ ।

उनले भनेका छन्, ‘छविराजसँग शिल्पाको बिवाह भएको फोटो सार्वजनिक गर्दा धेरैले मलाई कत्ति बिहे गर्दो रहेछ भनेर आरोप लगाउन सक्छन् ।’ यही डरका कारण सार्वजनिक नगरेको उनको दावी छ ।

अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्, ‘शिल्पासँग मेरो ५ वर्ष अगाडि फिल्म ‘लज्जा’ को बेला भेट भएको हो । त्यसबेलादेखि हामी सँगसँगै छौँ । आफुले बिहेको पार्टी नदिने तर, शिल्पाले दिन चाहेमा भने मलाई कुनै समस्या हुने छैन ।’