समाचार
पथरीको बारमा एक युवाको रहस्यमय मृत्युपछि परिवार आन्दोलित (१२ तस्विरहरू सहित)
मोरङ । मोरङको पथरीशनिश्चरेमा केही साताअघिबाट सञ्चालनमा आएको सिक्का लञ्ज एण्ड वारमा गएका एक युवाको रहस्यमय मृत्यू भएको छ । गत १६ गते बिहिबार पथरीशनिश्चरे ७ का २७ बर्षिया सणराज तामाङको मृत्यु भएको प्रहरीले बताएको छ । बिहिबार साथीहरु संग रमाईलो गर्न बार गएका तामाङको राति करिव १०स्४० बजेको समयमा सोहि बारको पुर्वपटिको सडकमा टाउको फुटेको अवस्थामा भेटेको प्रहरीको भनाई छ ।

पथरी वजारको हाईवेमै रहेको ब्यापारीक भवनको पाँचौ तलामा फागुन २ गते भ्यालेनटाईन डे बाट सुरु भएको बार सुरु भए देखिनै बिबाद हुँदै आएको स्थानिय बताउछन । रातको १० बजे वारका संचालक मिलन श्रेष्ठ संग बिबाद भएपछि प्रहरीको सहयोग लिएको देखिन्छ । १०स्३१ बजे प्रहरीले तामाङलाई बारबाट बाहिर निकालेको तर तामाङ तल झर्नु पर्नेमा चौथो तलामा आएर बार्तली तिर गएको र त्यसको एकै छिनमा मृत्यू भएको सुचना आएको सिसि क्यामरामा देखिन्छ ।

