समाचार
भ्यालेन्सीयासँग बार्सिलोना पराजित
माघ १२ ,काठमाडौं । स्पेनिस ला लिगामा साविकको विजेता टोली बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सीयासँग पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सीयालाई जित दिलाउन म्याक्सिमोनो गोमेजले एक गोल गरे । एक गोल भ्यालेन्सीयाले आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा कमजोर बन्दै दुई गोल खान पुगेको थियो । ४८ औँ मिनेटमा गोमेजले गोल गर्दै भ्यालेन्सीयालाई अग्रता दिलाए । ७७ औँ मिनेटमा गोमेजले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० गोलको जित दिलाए ।
यो हारसँगै बार्सिलोना शीर्ष स्थानमा अग्रता बनाउने अवसरबाट बञ्चित भएको छ । २१ खेल खेलेको बार्सिलोना ४३ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिड पनि समान अंक छ । रियलले एक खेल कम खेलेको छ ।
जित निकालेको भ्यालेन्सीया ३४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

