समाचार
पब्लिकको रिस पत्रकारमाथि यसरी पोखे चितवनका एसपी मल्लले
भक्तपुर- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आज फेरी चितवन जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप गरिएको छ। रवि लामिछानेलाई फेरी म्याद थप गरेपछि उनका समर्थकहरुले उग्र नाराबाजी गर्नुका साथै प्रदर्शन समेत गरेका थिए।
लामिछानेसहित युवराज कँडेल र रुकु कार्की ९अस्मिता० गत बिहिबार काठमाडौँबाट पक्राउ परेका थिए। गत शुक्रबारदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको रिहाइका लागि उनका समर्थकहरुले विदेशदेखि लिएर देशका विभिन्न स्थानहरुमा गरेको प्रदर्शन तथा नाराबाजी जारी छ। तर चितवनका एसपी दान बहादुर मल्लले उनी विरुद्ध हो कि नेकपाका अधक्ष्य पुष्पकमल दहाल ुप्रचण्डु विरुद्ध लगाईएको नाराबाजीलाई लिएर हो उनले पब्लिकको रिस पत्रकार माथि पोखेका छन।
२०७२र७३ देखि देशका दर्ता हुनु पर्ने जति सम्पूर्ण निकायमा दर्ता गरेर सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण तथा प्रकाशन गर्दै आएको यस पिएनपिखबर डट कममा विगत ३ वर्षदेखि फोटो पत्रकारिता गर्दै आएका फोटो पत्रकार मच्छे नारायण श्रेष्ठलाई आज समाचार संकलन गर्दै गर्दाको क्रममा नारायणी सामुदायिक अस्पतालको प्राङ्गणबाट अपमान जनक व्यवहार गर्दै पक्राउ गरेको थियो। आफ्नो सन्चार माध्यमको परिचय पत्र देखाउँदा र क्यामरा हातमा हुँदा हुँदै पनि पत्रकार श्रेष्ठले मलाई किन समात्नु भएको रु कहाँ जानु पर्ने रु भनेर भन्दा(भन्दै प्रहरीले घिच्याउदै उनलाई अपमानजनक तरिकाले लिएर गएको थियो। उनलाई दुई घण्टासम्म सोधपुछको लागि हिरासतमा राखिएको थियो। अन्तमास् क्यामरामा भएको सम्पूर्ण फुटेज डिलिट गरेर एउटा स्वच्छ पत्रकारिता गर्दै आएको पत्रकार माथि आपतिजनक व्यवहार समेत गरेको पत्रकार मच्छे नारायण श्रेष्ठले बताएका छन । भोलिदेखि यो ठाउँको वरिपरि कहिँ देँखे भने लगेर जाग्दिने भन्दै डिएसपीले धम्काएको समेत श्रेष्ठले बताएका छन।
चितवन प्रहरीले केहि दिन अगाडी पनि केहि पत्रकारहरुलाई टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्ने गरि लाठी प्रहार गरेको थियो। उक्त घटनामा एक जना सञ्चारकर्मीको क्यामरा खोसेर प्रहरीले बरामद गरेको थियो। तर सोहि दिन राति भ्रष्टचार विरोधी तथा नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले फोन गर्ने बितिकै तुरुन्तका तुरुन्तै बोलाएर क्यामरा दिईएको थियो। आजको र यस घटनालाई तुलना गरेर हेर्दा खेरि कता(कता एसपी दान बहादुर मल्ल राज्य संयन्त्रबाट भन्दा पनि राज्य विरोधी संयन्त्रबाट परिचालित हुन् कि भन्ने गन्ध आउन थालेको छ। सरकारको चौतर्फी आलोचना भैरहेको बेला जसरी रवि लामिछानेको केस अतिरन्जित गर्नेहरुलाई र सर्वसाधारणहरुलाई बुरुकबुरुक उफार्ने राज्य व्यवस्था विरोधी अभियन्ता भनाउदाहरुलाई समेत प्रहरी प्रशासनले बेवास्ता गर्दै सञ्चार माध्यम र आम सर्वसाधारण माथि दमन गरिरहँदा चितवनका एसपी दान बहादुर मल्ल टुलुटुलु हेरिरहँदा कतै एसपी मल्ल राज्य व्यवस्था विरोधी संयन्त्रहरुबाट परिचालित हुनकी भन्ने टिप्पणी सर्वसाधारणहरुले गर्न थालेका छन्।
विभिन्न युट्युब च्यानलहरुले अतिरन्जित हेडलाइन र थम्बनेलहरु राखेर भिडियोहरु सामाजिक सञ्जालहरुमा अपलोड गरेको भन्दै उनले एउटा स्वच्छ पत्रकारिता गर्दै आएको यस सञ्चार माध्यमका पत्रकारलाई पक्राउ गर्नु, हिरासतमा राख्नु र दुर्व्यवहार गर्नु हामीलाइ कदापी सह्य छैन। हामी यसको घोर भ्रत्सना गर्दछौँ । यस सम्बन्धमा हामीले प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठलाई समेत फोन गरेर जानकारी गराएका छौँ। उहाँले सत्य तथ्य बुझेर हामीलाई खबर गर्छु भन्नुभएको छ।
एउटा पत्रकारले दिन भरि दुस्ख गरेर तयार पारेको समाचारलाई तुरुन्तै डिलिट गरिदिनु पत्रकारको भोको पेटमा लात हान्नु बराबर हो । आशा छ यस सम्बन्धमा प्रेस काउन्सिल लगायत सूचना मन्त्रालयले केहि याक्सन तुरुन्त लिनेछ। रवि लामिछानेलाई फसाउन प्रचण्डको आग्रहमा एसपी दान बहादुर मल्लले भूमिका खेलेको भन्ने पब्लिकको नाराबाजीको रिस फेर्नका लागि हाम्रा पत्रकारमाथि गरेको दुर्भाग्यपुर्ण दुर्व्यवहारले हामी सम्पूर्ण सिङ्गो सञ्चार माध्यम दुखित भएका छौँ।


