समाचार

झुटाे प्रचारकाे पछि नलाग्न पाँचखालबाट लक्ष्मणकाे अपिल

काभ्रेपलान्चोक ,

नेकपा एकीकृत समाजवादी काभ्रेका प्रदेश सभा उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धनको सरकारले काभ्रेको सडक याेजनाका बजेट काटिएको भन्ने भ्रमपुर्ण समाचारकाे पछि नलाग्न आग्रह गर्नु भएको छ।

काभ्रेकाे पाँचखालमा आयाेजित कार्यकर्ता भेटघाट तथा काेणसभालाई सम्बाेधन गर्दै उम्मेदवार लम्सालले कार्यकर्तालाई भ्रम सिर्जना हुने गरि भईरहेकाे प्रचारबाजिमा कुनै सत्यता नभएको बताउनु भयाे । केहिदिन देखि सामाजिक संजाल , केही पत्रपत्रिका र अनलाइनहरुमा तथ्य विहिन समाचार आईरहेका छन । त्यसमा कतिपय सडकका नाम कपाेलकल्पित र नामै नसुनेका छन । ती सडककाे बजेट गठबन्धन सरकारले काट्याे भनी आराेप लगाउनु विपक्षिले आफ्नो गल्ती छाेप्ने प्रयास गरेकाे उहाकाे भनाइ छ।

मण्डनदेउपुरमा नामै नभएको फर्जि नाम सिर्जना गरि सडकको नाम राखिएको छ , अब त्यो मैले पत्याउने कि नपत्याउने । म आफै अचम्मित भएको छु । आवधिक , सालबसालि र बहुवर्षिय गरि तीन प्रकारका विकास योजना हुन्छन् । ती याेजनाहरु कुन प्रकारका हुन , त्यो र त्यस्तो प्राविधिक र वस्तुगत कुरा नबुझि गरिएको प्रचार एकतर्फी विराेधका लागि गरिएको उहाँले प्रष्ट पार्नु भयाे।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *