म्यानपावर व्यवसायीले लाइसेन्स सरकारलाई बुझाएर आन्दोलन गर्ने

अ+
अ
अ-

१६ साउन, काठमाडौं । म्यानपावर व्यवसायीले सरकारलाई लाईसेन्स बुझाएर आन्दोलन गर्ने निर्णय गरेका छन् । सरकारले कम्पनी इजाजतपत्रको धरौटी रकम ६ करोड र्पुयाउने प्रस्ताव ल्याएपछि व्यवशायीहरु आन्दोलनमा उत्रिने भएका हुन् ।

उनीहरुले प्रस्ताव फिर्ता नभए ईजाजतपत्र नै सरकारलाई बुझाउने निर्णय गरेका छन् ।

सरकारले भनेको नमाने म्यानपावर कम्पनीहरु अनिश्चित कालका लागि बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।

भेलामा बोल्ने व्यवसायीले सरकारले सिन्डकेट हुने गरी धरौटी बढाउन लागेको भन्दै प्रतिकार गर्नुपर्ने बताएका थिए । कितपय व्यवसायीले संघका अध्यक्षको भूमिका शंकास्पद भएको भन्दै राजीनामा मागेका थिए ।

चरम विवादका बीच भएको भेलाले अन्ततः सरकारले गर्न लागेको धरौटी वृद्धिकोविरुद्ध एक भएर आन्दोलन गर्ने निर्णय लिएको छ ।

अहिले म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी तिर्नुपर्ने व्यवस्था छ । अब नगद धरौटी मात्रै २ देखि अढाइ करोड र्पुयाउने गरी कानुन संशोधनको प्रस्ताव गरिएको छ । बैंक ग्यारेन्टी ५ करोड राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।