वैदेशिक रोजगारीको सिलसिलामा लामो समयसम्म युएईमा रहेका दुई युवाले नेपालमा कम्पनी दर्ता गरी विदेशी मदिरा आयात गर्न सुरु गरेका छन् ।चितवनका रमेश ढकाल र काठमाडौंका राजन अधिकारीको संयुक्त लगानीमा कन्सेप्ट भिजन इन्टरनेसनल ट्रेडिङ प्रालि दर्ता गरी उनीहरूले व्यवसाय सुरु गरेका हुन् । नेपालमा आउने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको मदिरा उपलब्ध गराउने साथै नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्वाद दिलाउने उद्देश्यका साथजापानी मदिरा नेपालमा
आयात गर्न लागिएको रमेश ढकालले बताए ।
उनले करिब २ करोड नेपाली रुपैयाँको लगानीमा जापानको प्रसिद्ध मदिरा हाकुतसुरु साकी र चोया ब्रान्डका दुई मदिराहरू नेपालमा आयात गर्न सुरु गरिसकेको र नेपाली बजारमा उपलब्ध रहेको बताए । वैदेशिक रोजगारीको कमाइ घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्पराबाहिर रहेर आफूहरूले उक्त व्यवसाय सुरु गरेको उनीहरूको भनाइ छ ।

