शान्ता चौधरीले पाइन एमालेको विशेष जिम्मेवारी

अ+
अ
अ-

काठमाडौं, २१ चैत । नेकपा (एमाले)ले समानुपातिक सांसद शान्ता चौधरीलाई संसदीय दलको सचेतकको जिम्मेवारी दिएको छ ।

बालुवाटारमा बुधबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

दाङ जिल्ला निवासी चौधरी एमालेको बैकल्पिक केन्द्रीय सदस्य समेत हुन् । अघिल्लो संविधान सभामा पनि उनी समानुपातिक सांसद थिइन् ।

त्यस बेला चौधरीले संसदको प्राकृतिक स्रोत साधन समितिको सभापतिको जिम्मेवारी पाएकी थिइन् ।

दोस्रो संविधानसभाका बेला नेतृ चौधरी दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी सांसद सुशीला चौधरीसँग पराजित भएकी थिइन् ।