प्रि मनसुनले काठमाडौंसहित पहाडी भेगमा वर्षा, साताभरि फाट्टफुट्ट पानी पर्ने

अ+
अ
अ-

प्रि मनसुनमा देखिएको सक्रियताका कारण बुधबार काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भेगमा वर्षा भइरहेको छ। पानी पर्ने क्रम साँझपखसम्म चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।

‘प्रि मनसुनको सक्रियता कारण काठमाडौं लगायत पहाडी भेगमा वर्षा भइरहेको छ,’ पौडेलले भने, ‘यो क्रम साँझपखसम्म जारी रहन्छ।’

यो हप्ताभरि फाट्टफुट्ट वर्षा हुने मौसम विभागले जनाएको छ।