काठमाडौँ नेपाल प्रज्ञा–प्रतिष्ठान र देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली तथा चिनियाँ साहित्यबीचको सम्बन्ध, साहित्यिक योगदान र सांस्कृतिक आदानप्रदानका विषयमा आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विश्वप्रसिद्ध चिनियाँ साहित्यकार लु सुनका नाति एवं लुसुन कल्चरल फाउन्डेसनका अध्यक्ष झोउ लिङफेईको नेतृत्वमा १५ सदस्यीय टोली हाल नेपाल भ्रमणमा रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र चीनबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोे बताउनुभयो ।
देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौडेलले नेपाली र चिनियाँ साहित्यको ऐतिहासिक सम्बन्ध, दुवै देशका साहित्यकारका योगदान तथा साहित्यिक कृतिको अनुवाद र प्रवर्द्धनका विषयमा विचारविमर्श वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दुवै पक्षका साहित्यकारबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।


