काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ तथा नियन्त्रणमा लिइएको घटनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ
प्रधानमन्त्री बालेन साहको सचिवालयले नेपाल प्रेस, नयाँ पत्रिका र दियोपोस्टमा कार्यरत पत्रकारमाथि भएको धरपकडका विषयमा प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको जनाएको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यस घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई कुनै जानकारी नभएको बताएकी छन्।
दाहालले आज भएका घटनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता र जानकारीसमेत नरहेको स्पष्ट पारेकी हुन्।
यसअघि नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, नयाँ पत्रिका राष्ट्रिय दैनिकका पत्रकार नवराज मैनाली तथा दियोपोस्टमा कार्यरत पत्रकारलाई सादा पोशाकमा आएका व्यक्तिहरूले ‘माथिको आदेश’ भन्दै पक्राउ तथा नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको थियो।
पत्रकारमाथि भएको धरपकडको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे बहस सिर्जना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले यस्तो स्पष्टीकरण दिएको हो।


