पत्रकार विश्वमणि सुवेदी पक्राउ

अ+
अ
अ-

पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रेसको समाचार कक्षमा काम गरिरहेका बेला सादा पोशाकमा आएका प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएको बताइएको छ।

नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलका अनुसार समाचारको स्रोत खोज्ने भन्दै प्रहरीको साइबर ब्युरोले सुवेदीलाई नियन्त्रणमा लिएको हो।

समाचारको स्रोत खोज्ने विषयलाई लिएर पत्रकार पक्राउ परेपछि प्रेस स्वतन्त्रता र पत्रकारको स्रोत संरक्षणको विषयमा चासो बढेको छ। पक्राउको कारण र घटनाबारे प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।