पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइ गर्न माग

अ+
अ
अ-

शुक्रबार कार्यालय समय सकिएपछि समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ

काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिएको प्रमाणसमेत प्रस्तुत नगरिएको भन्दै घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथिको गम्भीर प्रश्नका रूपमा लिएको छ।

समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी आएमा त्यसको छानबिन र निरूपण गर्ने जिम्मेवारी प्रेस काउन्सिलको भएको उल्लेख गर्दै काउन्सिलले समाचारकै विषयमा प्रहरी परिचालन नगर्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ।

साथै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ।