अ+
अ
अ-
काठमाडौं। गृहमन्त्री सुदन गुरुङ बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गतको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।
उक्त बैठकमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड गरी सात सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी हुनेछन्।
बिमस्टेकले सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दै आएको छ। बैठकमा सहभागी राष्ट्रहरूबीच साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


